Welcome to salimsansar

बिहे नगरे पनि महिला र पुरुष सगै बस्न पाउने कानुन..

के तपाईंलाई थाहा छ ?
प्रस्तोता पूर्वनायब महान्यायाधिवक्ता चेतनाथ घिमिरेले पछिल्लो सात वर्षयता सँगै बस्ने चलन देखापरेको कान्तिपुरलाई बताए । कानुनमा नसमेटिएको यस चलनका अनुयायी-सँगै बस्ने जोडीहरू सामाजिक अपहेलना र बहिष्कारको त्रासका कारण सार्वजनिक हुन चाहँदैनन् । 'उनीहरू सक्दो आफूलाई अविवाहित र एक्लो देखाउन प्रयत्न गरिरहन्छन्,' महिला र बालबालिका क्षेत्रका अनुसन्धानकर्तासमेत रहेका पूर्वनायब महान्यायाधिवक्ताले भने, 'सहमतिमा यौन लगायत शारीरिक चाहना पूरा गर्ने त्यस्ता पुरुषले आफ्नो जोडीलाई 'दिदी, बहिनी, फूपू, भान्जी लगायत' साइनो लगाउँछन्। प्रतिवेदनअनुसार सँगै बस्नेमा 'अविवाहित युवायुवती, विवाहित पुरुष र अविवाहित महिला, अविवाहित पुरुष र विवाहित महिला र एकल महिला र पुरुष' छन् ।


यस्तो सम्बन्धमा अधिकांश महिला घरेलु हिंसाको सिकार भएका, बच्चाको पहिचान नभएको, बच्चा पैतृक सम्पत्तिलगायत कानुनी अधिकारबाट वञ्चित रहेको र समाजले नकारात्मक दृष्टिले हेर्ने लगायत समस्या महिलाले भोगिरहेको अध्यक्ष थापाले बताइन् । 'महिलाहरू थरीथरीका समस्या बोकेर न्याय माग्दै आयोगमा उजुरी दिन थालेका छन्,' उनले भनिन्, 'तर कानुन नभएकाले न्याय दिन सकेका छैनौं ।' अधिकांश जोडी जब आर्थिकलगायत समस्या भोग्दछन् त्यसपछि सम्बन्ध बिथोलिएको देखिएको छ । यस्तो अवस्थामा महिलाहरू पीडक पुरुषलाई कारबाहीे माग राख्दै न्यायको खोजीमा भौंतारिएका छन् । ६ महिने अध्ययनपछि तयार प्रतिवेदनमा समावेश यी मुद्दा हाल आयोगको निगरानीमा जिल्ला प्रशासन, अदालत र मेलमिलाप केन्द्रमा छन् । प्रतिवेदनमा समावेश गरिएका मुद्दामध्ये आयोगमा आठ, गैरसरकारी संस्था महिला कानुन र विकास मञ्चमा आठ र कानुनी परामर्श केन्द्रमा दसवटा दर्ता छन् । काठमाडौंबाहेक विराटनगर, पोखरालगायत सहरी क्षेत्रमा पीडित हुने अधिकांश २० देखि ३० वर्ष उमेर ननाघेका युवतीको बाहुल्य छ । गाउँ छाडेर सहरमा आई उच्च शिक्षा पढ्दै गरेका जागिरे महिला छन् ।

अर्की अनुसन्धानकर्मी कोपिला केसीको अध्ययनमा अधिकांश महिलाले बच्चा पाइसकेका छन् । महिलाले सन्तानको नाममा थर लेख्न र बुवाको नाम उल्लेख गराउन समस्या परेको गुनासो सुनाएका छन् । सार्वजनिक हुन नचाहने पीडित कुमारी आमाहरूले पछिल्ला दिनमा नाता कायमको माग राखी उजुरी गरेका छन् । प्रायः सबै साक्षर महिला छन् । 'घरबाट बाहिर आए, जागिर पाए, केही समय परिवारबाट टाढिए, पुरुषसँगै विवाहित भएको आभास गर्दै बसे, अब यिनै मेरो श्रीमान् हुन् यिनैसँग बाँकी जीवन बिताउँछु भन्छन्,' उनले थपे, 'केहीलाई जागिरे पुरुषले नै पछि बिहे पक्का गर्छु भन्दै महिनौं साथै राखेको पनि देखियो ।'
प्रतिवेदन सार्वजनिकपछि सभासद लीला न्याइँच्याइँले विवाहसम्बन्धी छुट्टै कानुन तयार पारेर यस विषयलाई सम्बोधन गरिनुपर्ने धारणा राखिन् । ११ वटा जनजाति, सात छेत्री-ब्राह्मण, ६ दलित र दुई अन्य जोडीसहित २६ वटा मुद्दा अध्ययन गरेको थियो । बेलायतमा २५ प्रतिशत, फिलिपिन्समा १८ प्रतिशत, डेनमार्क, नर्वे र स्विडेनमा ५० प्रतिशत बच्चा यस्तै सम्बन्धबाट जन्मिन्छन् । यो प्रचलन भारत, फ्रान्स, फिनल्यान्ड, न्युजिल्यान्ड, जापानमा समेत छ।

0 comments:

Post a Comment

राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
Photobucket

यहाँ तल बक्समा नेपालीमा टाईप गर्नुहोस्


Click for Kathmandu, Nepal Forecast
Welcome to salimsansar © 2008 Template Design by:
Salim Subba