Welcome to salimsansar

केही नेपाली चुट्कीलाहरु

नेपाली चुट्कीलाहरु 

बाउलाई भन्दिन्छु- 
एउटा बच्चा आँपको बगैचामा आँप चोर्दै रहेछ आँपवालाले देखेर भनेछ ।
आँपवाला : पख म तेरो बाउलाई भन्दिन्छु ।
बच्चा : मेरो बाउ घरमा त छैनन् ।
आँपवाला : काहाँ छ त ?
बच्चा : तपाईको तल्लो बगैँचामा छन् ।

ठेलामा त तपाईं सवार-
पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर :  मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ?  तिमीले सोचेको छौ ? 
पुलिस :  यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।

म बस्न आएको होइन-
एक जना शहरको मान्छे टाढाको गाउँमा काम विशेषले गएको थिएछ । एक दिन उसले आफ्नो घरपरिवारलाई एउटा चिठी लेखेछ, तर त्यो चिठी उसको सहरमा लिएर जाने कोही पनि उसले भेटेन । दिक्क भई उसले त्यो चिठी पुर्याउन आफै जाने विचार गर्‍यो । ऊ सहर पुग्यो । आफ्नो घर गएर उसले ढोका ढकढक्यायो । ढोका खुल्यो तर त्यो मान्छेले बाहिरैबाट भन्यो, ‘म बस्न आएको होइन । म त यो चिठी पुर्याउन मात्र आएको हुँ ।’ अनि ऊ तुरुन्तै फर्किएछ  

हतारमा श्रीमतिको-
मुन्द्रे : भरै घर पुग्ने बित्तिकै श्रीमतिको पेटि खोल्छु ।
रबि : वा खुब जोसमा छस नि ।
मुन्द्रे : हेर्न विहान हतारमा श्रीमतिको पेटि लगाएर हिँडेछु कस्तो टाईट भैराछ ।

उहाँ घरमै हुनुहुन्छ-
मुन्द्रेको घरमा फोन आयो 
मुन्द्रे फोन मेरो रहेछ बने म घरमा छैन भनिदिनु ।
पत्नि : उहाँ घरमै हुनुहुन्छ ।
मुन्द्रे : झन मैले घरमा छैन भन भनेको होईन ?
पत्नि : फोन मेरो  थियो त्यसैले ।

तर वरिपरि त कोहि छैन त ?
केटी : यदि तिमिले मलाई किस गर्ने कोसिस गर्यौ भने म चिच्याई दिन्छु ।
केटा : तर वरिपरि त कोहि छैन त ?
केटी : तर फर्मेयालिटि त पुरा गर्नु पर्यो नि त ।

भन्नुस न कुनै उपाय छ की ?
एक व्यक्ति साधुको नजिक गएर भनेछ बाबा जि मेरि श्रीमतिले मलाई 
धेरै दुख दिन्छे । भन्नुस न कुनै उपाय छ की ?
बाबा रिसले चुर हूँदै अरे मसँग उपाय भए म किन साधु भएर बस्थेँ ?

बालक के चाहियो ?
एकचोटि भक्तले शिवजिको  धेरै  तपस्या गरेपछि शिवजि प्रकट भएर भने माग बालक के चाहियो ?
भक्त : भक्तले भन्यो मलाई एउटा गितार दिनुस
शिवजिले भने : अलि ठुलै माग बालक यत्रो तपस्या गरेका छौ 
भक्त : मलाई गितार नै चाहियो 
शिवजि : (रिसाएर) यदि मसँग गितार भए म डमरु लिएर हिँड्थेँ ?

टोपिको मुल्य-
एकजना ग्राहक र व्यापारिविचको कुराकानि ग्राहक : साउजि यो पेन्टिको दाम कति हो? व्यापारि : तिस रुपैयाँ ग्राहक : कत्ति महङ्गो होस नलाने
 ग्राहकले फेरि अर्कै पसलमा गएर 
ग्राहक : साउजि यो टोपिको मुल्य कति हो ?व्यापारि : असि रुपैयाँग्राहक :  आम्मै कत्ति महङ्गो तिँ पल्लो पसलमा तेत्रो लाज छोप्ने   पेन्टिको त जम्मा तिस रुपैयाँ मात्र छ ।व्यापारि : उसो भए त्यहि पेन्टि टाउकोमा लाएर हिँडे भैगो नि त।

तपाईको छोरा त डकटर नै बन्छ-
शिक्षकले अभिभावकसँग भनेछन् तपाईको छोरा त डकटर नै बन्छ । 
अभिभावकले खुसि हुँदै सोधेछन् वा किन सर मेरो छोरा पढाईमा तगडा
छ हो ? होईन तपाईको छोराको राईटिङ एकदम खराब छ ।

हनुमानको गालामा एक झापड-
एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।

बाघले म सँग गफ गर्यो-
एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि सुन्न आज एउटा बाघले म सँग गफ गर्यो । दोस्रो शिकारि के भन्यो ? शिकारिले भन्यो जसरि मैले उतिर बन्दुक तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो 

पासपोर्ट साईजको फोटो-
ग्रहकले फोटोग्राफरसँग सोधे के तपाँई पासपोर्ट साईजमा मेरो टाउको र जुत्ता दुबै आउनेगरि फोटो खिच्न सक्नु हुन्छ ?फोटोग्राफरले भन्यो किन नसक्नु । तपाई आफ्नो जुत्ता टाउकोमा राखेर बस्नुस ।

0 comments:

Post a Comment

राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी देवी जिंदा भी है या मर गई है? इस मामले को लेकर राजस्‍थान की पूरी...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
राजस्थान की सियासत में भूचाल लाने वाले भंवरी देवी सीडी कांड का सच अब भी सामने नहीं आ सका है। मामले की जांच में जुटी सीबीआई को हाईकोर्ट को 24 नवंबर तक यह बताना है कि भंवरी ...
Photobucket

यहाँ तल बक्समा नेपालीमा टाईप गर्नुहोस्


Click for Kathmandu, Nepal Forecast
Welcome to salimsansar © 2008 Template Design by:
Salim Subba